२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

हेटौँडा कपडा उद्योग सञ्चालन गर्न सांसद उप्रेतीको माग

Nada
२०८२ चैत २५ गते १५:०१
Shares
हेटौँडा कपडा उद्योग सञ्चालन गर्न सांसद उप्रेतीको माग

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले हेटौँडा कपडा उद्योग सञ्चालन गर्न माग गरेका छन् ।

ncell

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले केही समय अगाडि गृहमन्त्रीले नेपाल प्रहरीको कपडा नेपालमै सिलाउने भनेर घोषणा गरेको स्मरण गरेका छन् ।

‘त्यो कार्य पूरा गर्नको लागि हेटौँडा कपडा उद्योग सरकारको बाटो कुरेर बसिराखेको छ,’ सांसद उप्रेतीले अगाडि भने, ‘कृपया त्यो सञ्चालनका लागि सरकारले आफ्ना कदमहरू अगाडि बढाओस् ।’

बन्द रहेका उद्योगहरूको सञ्चालन गर्ने कार्यको थालनी हेटौँडा कपडा उद्योगबाट सुरु गर्न पनि उनले माग गरेका छन् ।

uae

सम्बन्धित खबर