२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

संसदमा अभिव्यक्तिमाथि विवाद, रेकर्ड हटाउन माग

Nada
२०८२ चैत २५ गते १६:३४
Shares
संसदमा अभिव्यक्तिमाथि विवाद, रेकर्ड हटाउन माग

काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित विषय उठेपछि सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच तीव्र मतभेद देखिएको छ ।

ncell

एमाले सांसदहरूले ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति असहमति जनाउँदै उनीहरूको रिहाइका लागि निरन्तर माग राख्दै आएका छन् । अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले जेनजी आन्दोलनका क्रममा भएको दमनका विषयमा दोषीमाथि कारवाही हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

बुधबारको बैठकमा रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले उक्त आन्दोलनलाई न्याय, समानता र अधिकारसँग जोडिएको विषयका रूपमा उल्लेख गर्दै आन्दोलनका पीडित र प्रभावितलाई न्याय दिनुपर्ने आवश्यकता औँल्याए । उनले आन्दोलनका घाइतेको रोजगारी सुनिश्चितता र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

यही क्रममा उनले पूर्वप्रधानमन्त्री ओलीबारे प्रयोग गरेको केही अभिव्यक्तिप्रति एमाले पक्षले आपत्ति जनाएको छ। एमाले सांसद साजिदा खातुन सिद्धिकीले उक्त अभिव्यक्तिलाई असंसदीय भन्दै रेकर्डबाट हटाउन माग गरिन् । साथै उनले ओली र लेखकको रिहाइका लागि पुनः आग्रहसमेत गरिन् ।

uae

सम्बन्धित खबर