२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८२ चैत २५ गते १८:३०
Shares
वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं : अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

ncell

अख्तियारले दाहालविरुद्ध ९३ हजार ८५० रुपैयाँ मागदाबी सहित विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे । यस्तै ऐनको दफा ३ को उपदफा १ बमोजिम कैद सजाय पनि मागदाबी गरिएको छ ।

अख्तियारले गत असोजमा विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुसवापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने उजुरीका आधारमा लेखा अधिकृत दाहाललाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

uae

सम्बन्धित खबर