२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

Nada
२०८२ चैत २५ गते १८:३७
Shares
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं : पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ ।

ncell

सो फ्रान्सेली नागरिक पशुपतिमा अलपत्र अवस्थामा बसेको भिडियो सार्वजनिक भएपछि प्रहरी टोलीले निजको खोजी गरी अध्यागमन विभागमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, ‘फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा रहेको भिडियो सार्वजनिक भएपछि हामीले निजसँग सोधपुछ गर्दा निजको सामान चोरी वा लुटपाट नभएको खुल्न आएकाले अध्यागमन विभाग बुझाएका छौँ ।’

यसैगरी, निज फ्रान्सेली नागरिक विगत छ वर्षदेखि आफ्नो नेपाली श्रीमतीसहित नेपालमा बस्दै आएका, आर्थिक कारणले गर्दा निजहरूले आफ्नो पासपोर्ट, मोबाइल, ल्यापटपलगायत अन्य सामानहरू आफू बसेको होटलमा छोडी हिँडेका खुल्न आएको प्रहरीले जनाएको छ ।

uae

सम्बन्धित खबर