२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

शैक्षिक संस्थामा दुर्व्यवहार विरुद्ध ‘शून्य सहनशीलता’ नीति लागू

Nada
२०८२ चैत २५ गते १९:०९
Shares
शैक्षिक संस्थामा दुर्व्यवहार विरुद्ध ‘शून्य सहनशीलता’ नीति लागू

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार वा शोषणका घटनाहरू विरुद्ध ‘शून्य सहनशीलता’ नीति लागू गरेको छ ।

ncell

विद्यार्थीहरूले भोग्नुपरेका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिई यसका लागि विशेष संयन्त्र सञ्चालनमा ल्याइएको छ । यस संयन्त्र अन्तर्गत पीडित वा जानकारी दिने व्यक्तिका गुनासोहरू प्रत्यक्ष सुनेर तत्काल कानूनी र प्रशासनिक कारबाही अघि बढाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

आज सामाजिक सञ्जालमार्फत जनकारी दिँदै मन्त्री पोखरेलले यस प्रक्रियामा सहभागी हुने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने र सुरक्षित रहने प्रतिबद्धता जनाएका छन् । विद्यार्थीहरूलाई आफ्नो विवरण निर्धक्क रूपमा उपलब्ध गराउन प्रोत्साहित गर्दै, सुरक्षित शैक्षिक वातावरण निर्माणका लागि सक्रिय सहभागिता र सहयोगको अपेक्षा मन्त्रालयले गरेको छ ।

uae

सम्बन्धित खबर