२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

Nada
२०८२ चैत २५ गते १९:२८
Shares
अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

काठमाडौँ : अब सेवाग्राहीहरूले उजुरी, निवेदन, गुनासो वा जाहेरीको प्रगतिबारे जानकारी लिन प्रहरी कार्यालय धाउनुपर्ने आवश्यकता नपर्ने भएको छ ।

ncell

नेपाल प्रहरीले नयाँ व्यवस्था लागू गर्दै दर्ता भएका मुद्दाको स्थिति घरमै बसेर जानकारी लिन सकिने सुविधा सुरु गरेको जनाएको छ । अब उजुरी दर्ता भएको प्रहरी एकाइले सेवाग्राहीले उपलब्ध गराएको सम्पर्क नम्बरमा फोन वा एसएमएस मार्फत नियमित रूपमा प्रगतिका विवरण उपलब्ध गराउनेछ ।

प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ, “नेपाल प्रहरीका एकाइहरूमा दर्ता भएका उजुरी, निवेदन, गुनासो वा जाहेरी दरखास्तको प्रगति सम्बन्धित सेवाग्राहीलाई उपलब्ध गराइएको सम्पर्क नम्बरमार्फत जानकारी दिने व्यवस्था लागू गरिएको छ । यसबाट सेवाग्राहीले प्रहरी कार्यालय धाउनुपर्ने झन्झट हटेको छ ।”

यस नयाँ प्रणालीले सेवाग्राहीलाई आफ्ना मुद्दाको अवस्था नियमित रूपमा सजिलै थाहा पाउने अवसर प्रदान गर्ने र प्रशासनिक पहुँच सुधार्ने अपेक्षा गरिएको छ ।

uae

सम्बन्धित खबर