२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

नीतिगत सुधारलाई मार्गदर्शन गर्न पत्रकारको भूमिका महत्वपूर्ण  : चन्द्र ढकाल

Nada
२०८२ चैत २६ गते ०९:१३
Shares
नीतिगत सुधारलाई मार्गदर्शन गर्न पत्रकारको भूमिका महत्वपूर्ण  : चन्द्र ढकाल

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पत्रकारिता क्षेत्रले नीतिगत सुधार र आर्थिक बहसलाई मार्गदर्शन गरेको उल्लेख गरेका छन् । पत्रकार तथा सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य सुदृढ गर्दै देशको आर्थिक विकासलाई गति दिनुपर्ने बताए ।  

ncell

कार्यक्रममा उनले पत्रकारहरूसँग प्रत्यक्ष भेटघाट र विचार आदान–प्रदान गर्ने परम्पराले निजी क्षेत्र र सञ्चार क्षेत्रबीच साझा दृष्टिकोण निर्माणमा सहयोग पुगेको बताए । उनले यो कार्यक्रम धन्यवाद ज्ञापन मात्र नभई राष्ट्रको आर्थिक विकासका विषयमा सहकार्य विस्तार गर्ने अवसर भएको धारणा व्यक्त गरे ।

ढकालले आफ्नो तीनवर्षे कार्यकालको सुरुवात अत्यन्त चुनौतीपूर्ण अवस्थामा भएको स्मरण गर्दै कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा तथा बारम्बारको सरकार परिवर्तनले अर्थतन्त्र कमजोर बनेको बताए । 

उनका अनुसार कार्यकालको सुरुवातमा पाँच मुख्य प्राथमिकता तय गरिएको थियो–आर्थिक संकट समाधान, लगानी वातावरण सुधार, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जना, र व्यवसायीहरूको मनोबल तथा सुरक्षामा ध्यान। तीन वर्षको अवधिमा यी सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको उनले दाबी गरे ।

ढकालले महासंघले नीतिगत सुधारमा सक्रिय भूमिका खेल्दै सरकार, राजनीतिक दल र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएर राष्ट्रिय आर्थिक बहस आयोजना गरेको बताए । यसबाट उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुन सुधारका सिफारिस गरिएको उनले जानकारी दिए ।

ढकालले आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको जानकारी दिए । भारत, चीन, यूएई, कतार र बेलायतलगायत मुलुकमा लगानी सम्मेलन तथा संवाद कार्यक्रम आयोजना गरी नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको उनले बताए ।

पत्रकारहरूको भूमिकाबारे बोल्दै ढकालले आर्थिक पत्रकारिताले तथ्यमा आधारित विश्लेषण र रचनात्मक आलोचनामार्फत नीतिगत सुधारलाई मार्गदर्शन गरेको बताए । पत्रकारिता सूचना प्रवाह मात्र नभई नीति निर्माणको मार्गदर्शक शक्ति भएको उनको भनाइ थियो ।


 

uae

सम्बन्धित खबर