
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा उनीहरूविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोग छ । उनीहरूविरुद्ध करिब ७ करोड रुपैयाँ बिगो कायम गरिएको छ ।
पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारको छ ।