
सुनसरीः कोशी गाउँपालिका–८ भण्टावारीबाट स्रोत नखुलेको नगद ६ लाख ४८ हजार ७ सय १० नेपाली रूपैयाँ र १२ हजार ९ सय ५० भारतीय रूपैयाँसहित २ शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका–५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमाननगर–१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
.