२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा

Nada
२०८२ चैत २७ गते १८:२०
Shares
जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा

काठमाडौँ : जर्मनीका लागि नेपालका राजदूत डा. शैल रुपाखेतीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनी सुशीला कार्की नेतृत्वको सरकारद्वारा फिर्ता बोलाइएपछि परराष्ट्र मन्त्रालयमा हाजिर हुँदै आएका थिए ।

ncell

मन्त्रालयका प्रवक्ता लोक बहादुर क्षेत्रीका अनुसार उनले बुझाएको राजीनामा परराष्ट्र मन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन् ।

यसअघि कार्की नेतृत्वको सरकारले ११ मुलुकमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

uae

सम्बन्धित खबर