२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

मर्स्याङ्दी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयको विरोध

Nada
२०८२ चैत २८ गते २१:४८
Shares
मर्स्याङ्दी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयको विरोध

लमजुङ : मर्स्याङ्दी नदी क्षेत्रमा निर्माण हुन लागेको करिब ५० मेगावाट क्षमताको जलविद्युत आयोजनाविरुद्ध स्थानीय बासिन्दा र ‘मस्र्याङ्दी बचाऔँ अभियान संघर्ष समिति’ ले कडा विरोध जनाएका छन् । 
संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा आयोजनाले बेसीशहर नगरपालिका वडा नं. ६ र १० तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ८ र ९ लाई मुख्य प्रभाव क्षेत्रमा पार्ने उल्लेख गर्दै यसले स्थानीय जनजीवन, वातावरण तथा सांस्कृतिक पक्षमा नकारात्मक असर पार्ने दाबी गरिएको छ ।

ncell

विज्ञप्तिमा आयोजनासम्बन्धी सार्वजनिक सुनुवाइ प्रक्रिया पारदर्शी र कानुनी मापदण्डअनुसार नभएको यस समितिका संयोजक रामबहादुर थापाले बताए । प्रभावित क्षेत्रका स्थानीयलाई आफ्नो धारणा राख्न नदिइएको, प्रतिवेदनबारे पर्याप्त जानकारी नदिएको तथा विरोध गर्नेहरूलाई दबाब दिने प्रयास भएको समेत उल्लेख गरिएको छ ।

समितिले आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी विवरण स्पष्ट रूपमा प्रस्तुत नगरेको र स्थानीयको सुझाव तथा गुनासोलाई बेवास्ता गरेको जनाएको छ । साथै, केही राजनीतिक दलका प्रतिनिधिहरू आर्थिक प्रलोभनमा परेको आरोप समेत विज्ञप्तिमा लगाइएको छ ।

मर्स्याङ्दी नदी स्थानीय समुदायका लागि धार्मिक, सांस्कृतिक तथा परम्परागत रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै नदीलाई सुरुङमार्फत मोड्दा यसको प्राकृतिक स्वरूप नष्ट हुने, जलीय जीवजन्तु तथा वनस्पतिमा क्षति पुग्ने र घाट, मठमन्दिरजस्ता सांस्कृतिक सम्पदामा असर पर्ने चिन्ता व्यक्त गरिएको छ । 

संघर्ष समितिले विकासका नाममा स्थानीयको अधिकार र प्राकृतिक स्रोतको दोहन स्वीकार्य नहुने स्पष्ट पार्दै आयोजना तत्काल अघि नबढाउन माग गरेको छ । अन्यथा कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ ।

नदी स्थानीय समुदायका लागि धार्मिक, सांस्कृतिक तथा परम्परागत रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै नदीलाई सुरुङमार्फत मोड्दा यसको प्राकृतिक स्वरूप नष्ट हुने, जलीय जीवजन्तु तथा वनस्पतिमा क्षति पुग्ने र घाट, मठमन्दिरजस्ता सांस्कृतिक सम्पदामा असर पर्ने चिन्ता व्यक्त गरिएको छ । 

संघर्ष समितिले विकासका नाममा स्थानीयको अधिकार र प्राकृतिक स्रोतको दोहन स्वीकार्य नहुने स्पष्ट पार्दै आयोजना तत्काल अघि नबढाउन माग गरेको छ । अन्यथा कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ ।

uae

सम्बन्धित खबर