२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ वैशाख १ गते १२:१८
Shares
आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

ncell

आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले बढेर दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

सोमबार सुन तोलामा दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो  । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । 

आज चाँदी तोलामा १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा चार हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । 

uae

सम्बन्धित खबर