२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Nada
२०८३ वैशाख १ गते १४:१६
Shares
मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मनाङः यहाँको नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ बर्षीय रामबहादुर गुरुङ रहेका छन् । 

ncell

मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नम्बरर ट्रक आज बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।  

uae

सम्बन्धित खबर