२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी तीव्र

Nada
२०८३ वैशाख १ गते १४:२२
Shares
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी तीव्र

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा निर्धारित समय सीमाभित्र सार्वजनिक गर्ने उद्देश्यसहित तथ्यांक प्रविष्टि र प्रमाणीकरणसम्बन्धी कार्यलाई तीव्र बनाएको जनाएको छ । 

ncell

बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका तय गरी सोही अनुसार प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि बढाएको हो ।

बोर्डका अनुसार देशभरका विभिन्न जिल्लाबाट परीक्षासम्बन्धी आवश्यक कागजातहरू-जसमा मूल्यांकन गरिएका उत्तर पुस्तिका र अंक विवरण समावेश छन् । हालसम्म केही जिल्लाबाट सामग्री प्राप्त भइसकेको र बाँकी जिल्लाबाट पनि शीघ्रै प्राप्त हुने अपेक्षा गरिएको छ ।

यस वर्षको एसइई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । परीक्षा सम्पन्न भएसँगै सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको थियो, जसका कारण मुल्यांकन प्रक्रिया छिटो अगाडि बढेको बोर्डको भनाइ छ ।

नतिजा प्रकाशन प्रक्रियालाई समयमै सम्पन्न गर्न बोर्डले करिब तीन दर्जन कर्मचारी परिचालन गरेको छ । जसअन्तर्गत अंक प्रविष्टि कार्यका लागि मात्र करिब दुई दर्जन कर्मचारी खटिएका छन् । कार्यतालिका अनुरूप प्रगति सुनिश्चित गर्न सार्वजनिक बिदाका दिनहरूमा समेत कर्मचारीहरूले नियमित रूपमा काम गरिरहेको जनाइएको छ ।

सरकारले नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएको परिप्रेक्ष्यमा बोर्डले सो समय सीमा पालना गर्दै त्रुटिरहित नतिजा प्रकाशन गर्ने तयारी गरेको स्पष्ट पारेको छ ।

uae

सम्बन्धित खबर