२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

जमिअत उलमाए नेपालको प्रेस सल्लाहकारमा इसत्याक अहमद

Nada
२०८३ वैशाख १ गते १७:२९
Shares
जमिअत उलमाए नेपालको प्रेस सल्लाहकारमा इसत्याक अहमद

काठमाडौं : जमिअत उलमाए नेपालले आफ्नो सञ्चार कार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पत्रकार इसत्याक अहमदलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको छ ।

ncell

काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा मध्यान्ह राष्ट्रिय दैनिकसँग आबद्ध अहमदलाई औपचारिक रूपमा उक्त जिम्मेवारी प्रदान गरिएको हो । कार्यक्रमका क्रममा संस्थाका उपाध्यक्ष मौलाना नजीर नदवी र महासचिव मुफती शमीम कास्मीले उनलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए ।

नवनियुक्त प्रेस सल्लाहकार अहमदलाई संस्थासँग सम्बन्धित गतिविधि, सूचना तथा सन्देशहरूको प्रभावकारी प्रचार–प्रसार गर्ने जिम्मेवारी दिइएको जनाइएको छ । संस्थाले आफ्नो सार्वजनिक छवि सुदृढ पार्न र सूचनाको व्यवस्थित प्रवाह सुनिश्चित गर्न सञ्चार क्षेत्रलाई थप सक्रिय बनाउने रणनीतिअन्तर्गत यो नियुक्ति गरिएको बताएको छ ।

कार्यक्रममा उपस्थित पदाधिकारी तथा प्रतिनिधिहरूले अहमदको पत्रकारिता अनुभव र क्षमताले संस्थाको सञ्चार प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए ।

uae

सम्बन्धित खबर