२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Nada
२०८३ वैशाख २ गते ११:१५
Shares
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु छ हजार र चाँदी रु ३२० ले बढेको हो ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २२० कायम भएको छ ।

गत सोमबार एक तोला सुन रु दुई लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९०० मा कारोबार भएको थियो । गत आइतबार रु दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९७५ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

uae

सम्बन्धित खबर