२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

Nada
२०८३ वैशाख २ गते १३:२३
Shares
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

काठमाडौं : एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यमा विशेष छुट अफर सार्वजनिक गरिएको छ । उक्त अफरअन्तर्गत एनसेलका ग्राहकहरूले देशभर रहेका हिमालयन जाभाका आउटलेटहरूमा कफी, पेय पदार्थ तथा खानेकुरामा विभिन्न आकर्षक छुट पाउने भएका छन् ।

ncell

हालै सम्पन्न साझेदारी सम्झौतापछि ल्याइएको यस योजनाले ग्राहकहरूको भेटघाट, व्यावसायिक बैठक तथा सामाजिक जमघटलाई थप सहज र रमाइलो बनाउने विश्वास गरिएको छ । अफरअनुसार रु ४९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्ने ग्राहकहरूले एक कप कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्नेछन् । साथै, तेस्रो कप कफी खरिदमा ३० प्रतिशत छुट उपलब्ध हुनेछ ।

त्यसैगरी २५ वर्ष वा सोभन्दा कम उमेर समूहका युवा तथा एनसेल सेवा प्रयोग गर्ने पर्यटकहरूले रु ९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । अन्य ग्राहकहरूले पनि रु ९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल प्लान सक्रिय भएमा १० प्रतिशतसम्म छुट लिन सक्नेछन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यस सहकार्यले ग्राहकहरूलाई व्यस्त जीवनशैलीबाट केही समय निकालेर आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग गर्ने बताए । 

त्यस्तै, हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले यस सहकार्यबाट कफीप्रेमीहरूलाई आकर्षक अफर उपलब्ध गराउन पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिए ।

यो अफर लिन ग्राहकले कुनै अतिरिक्त दर्ता प्रक्रिया पूरा गर्नुपर्ने छैन । एनसेलको सक्रिय योग्य प्याक वा रेन्टल प्लान भएको अवस्थामा ग्राहकहरूले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेस’ अन्तर्गत ‘हिमालयन जाभा कफी’ विकल्पमार्फत आफ्नो योग्यता हेर्न सक्नेछन् । एक बिलमा एक मात्र छुट लागू हुने व्यवस्था गरिएको छ भने ग्राहकको योग्यताअनुसार उपलब्ध सबैभन्दा बढी छुट स्वतः लागू हुनेछ ।

अफर उपयोग गर्दा ग्राहकहरूले अर्डर दिने समयमा एनसेल एपको ‘लाइभ’ स्क्रिन देखाउनुपर्नेछ, स्क्रिनसट मान्य हुने छैन । प्याक सक्रिय अवधिभर ग्राहकहरूले यो सुविधा पटक–पटक उपयोग गर्न सक्नेछन् ।

यस सहकार्यले ग्राहकहरूलाई विद्यमान सेवा योजनामा कुनै परिवर्तन नगरी थप सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ । योजनासम्बन्धी विस्तृत जानकारी एनसेलको वेबसाइट तथा मोबाइल एपमार्फत प्राप्त गर्न सकिनेछ ।

uae

सम्बन्धित खबर