
काठमाडौं : एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनहरी–८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ आरओ वाटर प्युरिफायर जडान गरेको छ ।
उक्त संस्थाका लागि यस बैंकका सर्कल हेड– नारायणगढका रामकृष्ण काफ्लेले आमा घर सेवा आश्रमका संरक्षक विजयराज सिग्देललाई आरओ वाटर प्युरिफायर हस्तान्तरण गरे । बैंकले उपलब्ध गराएको उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरूलाई स्वच्छ खानेपानीको सुविधा हुनुको साथै स्वास्थ्य तथा आश्रमको बसाइ अझ सहज हुने बैंकले विश्वास लिएको छ ।