२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

पोको एक्स–८ सिरिज स्मार्टफोन सार्वजनिक

Nada
२०८३ वैशाख २ गते २१:३९
Shares
पोको एक्स–८ सिरिज स्मार्टफोन सार्वजनिक

काठमाडौ : पोको एक्स–८ सिरिजअन्तर्गतका दुई नयाँ स्मार्टफोन पोको एक्स–८प्रो फाइभजी र एक्स–८प्रो म्याक्स फाइभजी नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले यो नयाँ सिरिज नेपालमा सार्वजनिक गरेको हो ।

ncell

पोको एक्स–८प्रो फाइभजीमा फ्ल्यागसिप डाइमेनसिटी ८५००–अल्ट्रा प्रोसेसर छ । जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्ने कम्पनीको दाबी छ । 

यसमा ६५००एमएच पावरको ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ । यसमा ५० एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रावाइड क्यामेरा र २० एमपीको फ्रन्ट क्यामेरा भएकाले तस्बिर खिच्दा वा भिडिओ बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिने बताइएको छ । डिस्प्लेको कुरा गर्नुपर्दा यो फोनमा ६.५९ इन्चको १.५ के रिजोलुसनसहित १२० हर्ज अल्ट्रा–ब्राइट एमोलेड स्क्रिन छ । जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध छ ।

यसबाहेक पोको एक्स–८ प्रो फाइभजीमा आइपी–६८ रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्नेछ । त्यस्तै, पोको एक्स–८प्रो म्याक्स फाइभजीमा फ्ल्यागसिप डाइमेन्सिटी ९५००एस चिपसेट जडान गरिएको छ । यसमा ८५०० एमएएच क्षमताको ब्याट्री, १०० वाट हाइपरचार्ज, २७ वाट रिभर्स चार्जिङको सुविधा भएकाले दुई दिनसम्म ब्याट्री टिक्न सक्ने कम्पनीको दाबी छ । पोको एक्स–८प्रो फाइभजी दुई भेरियन्टमा उपलब्ध छ । ८ जिबी+२५६ जिबी भेरियन्टको बजार मूल्य ६३ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने १२+५१२ जिबीको मूल्य ७३ हजार ९ सय ९९ रुपैयांँ छ । यी दुवै भेरियन्ट कालो, हरियो र सेतो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

uae

सम्बन्धित खबर