२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

प्रभु बैंक र मर्केन्टाइलबीच सम्झौता, ल्यापटप र प्रिन्टर खरिदमा छुट

Nada
२०८३ वैशाख २ गते २१:४०
Shares
प्रभु बैंक र मर्केन्टाइलबीच सम्झौता, ल्यापटप र प्रिन्टर खरिदमा छुट

काठमाडौं : नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई मर्केन्टाइल अफिस सिस्टमले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

ncell

उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम तर्फबाट कार्यकारी निर्देशक सुरज क्षेत्री र प्रभु बैंकका तर्फबाट मार्केटिङ म्यानेजर सविनशमशेर जबरा राणाले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

सम्झौताअनुसार एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा प्रभु बैंकका कर्मचारीलाई १८ प्रतिशतसम्म तथा ग्राहकहरूले अधिकतम ८ देखि १५ प्रतिशतसम्म एसर ल्यापटपलगायत एप्सन प्रिन्टरहरूमा छुट पाउने भएका छन् र क्रेडिटकार्ड प्रयोगकर्ताहरूलाई इन्स्टापेबाट किस्ताबन्दी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवासुविधा नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टममा प्राप्त गर्न सकिनेछ ।

uae

सम्बन्धित खबर