२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

इरानको कब्जामा रहेका झा रिहा

Nada
२०८३ वैशाख २ गते २२:०९
Shares
इरानको कब्जामा रहेका झा रिहा

काठमाडौं : इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झा रिहा भएको जानकारी औपचारिक रूपमा प्राप्त भइसकेको छ र अब आवश्यक कूटनीतिक तथा प्रशासनिक प्रक्रिया अघि बढाइनेछ ।

ncell

झाको रिहाइबारे उनका परिवारजनलाई पनि सरकारी निकायमार्फत जानकारी गराइएको छ । आफूहरूले झा रिहा भएको खबर पाएको परिवारले जनाएको छ ।  

परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भएको औपचारिक जानकारी सरकारी संयन्त्रबाट प्राप्त भएको बताए । 

खनालका अनुसार, झा अहिले इरानको केश्म आइल्याण्ड (समुन्द्री टापु) मा सुरक्षित छन् ।

झा इजरायल–अमेरिका र इरानबीच तनाव चर्किनुअघि इन्धन ल्याउने काममा इरान पुगेका थिए । दुबईस्थित एक पानीजहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल बोकेर फर्किने क्रममा इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।

करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका झा ‘ब्ल्याक सी मरिन एलएलसी’ नामक कम्पनीको जहाज सञ्चालन गर्दै आएका थिए ।

uae

सम्बन्धित खबर