२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

वाणिज्य बैंकहरुको नाफा ६४ अर्बमाथि

ADV
मध्यान्ह
२०८१ साउन २१ गते १३:०८
वाणिज्य बैंकहरुको नाफा ६४ अर्बमाथि

काठमाडौंः सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ६४ अर्बमाथिको नाफा आर्जन गरेका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/०८१ मा यी बैंकहरुले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । आव २०७९/८० मा वाणिज्य बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

यसमध्ये असार मसान्तसम्ममा सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । समीक्षा अवधिमा नबिलले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० मा भने नबिल बैंकले ६ अर्ब ४० करोड नाफा आर्जन गरेको थियो । 

यस्तै असार मसान्तसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ लाख, प्रभु बैंकले ४ अर्ब ४८ करोड ८ लाख, कुमारी बैंकले २ अर्ब ३० करोड ८२ लाख, प्राइम कमर्सियल बैंकले ३ अर्ब ७७ करोड ४३ लाख, कृषि विकास बैंकले ३ अर्ब ६५ करोड ५६ लाख, एभरेष्ट बैंक ३ अर्ब ७० करोड ६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४९ करोड ८२ लाख, स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड ८९ लाख र लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड ४५ लाख खुद नाफा आर्जन गरेकाे छ ।

आव २०७९/८० मा यी बै‌कहरुले क्रमश: ३ अर्ब ७२ कराेड, ४ अर्ब ४८ करोड, ५१ करोड ७९ लाख, १ अर्ब २ करोड ७८ लाख, १ अर्ब ३२ करोड ३४ लाख, ३अर्ब ३६ कराेड, ३ अर्ब ५९ कराेड, ३ अर्ब ४६ कराेड र २ अर्ब २८ कराेड नाफा आर्जन गरेका थिए । 

यसैगरी समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकले ६ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको छ। २०७९/८० काे असार मसान्तमा यस बै‌ककाे नाफा ६ अर्ब ७९ कराेड थियाे । साथै २०८०/०८१ काे असार मसान्तसम्ममा सिद्धार्थ बैंकको नाफा ३ अर्ब १ करोड ५५ लाख, हिमालयन बैंकको २ अर्ब ८३ करोड ८० लाख, सानिमा बैंकको २ अर्ब ३४ करोड १९ लाख, एनएमबि बैंकको २ अर्ब ३३ करोड ६५ लाख, नेपाल एसबिआई बैंकको २ अर्ब १ करोड ३७ लाख, नेपाल बैंक लिमिटेड बैंकको १ अर्ब ६५ करोड ६८ लाख, एनआईसी एशिया बैंकको १ अर्ब ३८ करोड १८ लाख, सिटिजन्स बैंकको १ अर्ब ३४ करोड २४ लाख रहेको छ । समिक्षा अवधिमा सबैभन्दा कम माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड रहेकाे छ ।

आव २०७९/८० मा सिद्धार्थ बैंकले ३ अर्ब १६ कराेड, हिमालयन बैंकले १ अर्ब ५६ कराेड, सानिमा बैंकले २ अर्ब ६० कराेड, एनएमबि बैंकले ३ अर्ब २२ कराेड, नेपाल एसबिआईले १ अर्ब ९६ कराेड, नेपाल बैंकले ३ अर्ब ४३ कराेड, एनआईसी एशियाले ४ अर्ब ४४ कराेड, सिटिजन्सले १ अर्ब ८६ कराेड र माछापुच्छ्रे  बैंकले १ अर्ब ६३ कराेड नाफा आर्जन गरेकाे थियाे । विवरण अनुसार आव २०७९/८० को तुलनामा १० वाणिज्य बैंकहरुकाे नाफा २०८०/०८१ मा वृद्धि भएको छ भने १० बैंकहरुकाे नाफामा गिरावट आएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise