२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

नेप्से परिसूचक ३३ अंकले घट्यो

Nada
२०८३ वैशाख ३ गते १५:४९
Shares
नेप्से परिसूचक ३३ अंकले घट्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अंकले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अंकमा कायम भएको हो । यो एक दशमलव १८ प्रतिशतको गिरावट हो ।

ncell

आज ३४२ कम्पनीको दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता शेयर एक लाख ११ हजार ६०७ पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८०, विकास बैंक एक दशमलव १५, वित्त एक दशमलव ९८, होटल तथा पर्यटन शून्य दशमलव ५०, जलविद्युत् एक दशमलव ५१ र लगानी समूह एक दशमलव २७ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव ९०, उत्पादन तथा प्रशोधन एक दशमलव ५४, लघुवित्त शून्य दशमलव ७१, म्युचुअल फण्ड शून्य दशमलव १४, निर्जीवन बीमा एक दशमलव २८, व्यापार एक दशमलव शून्य एक र अन्य समूह एक दशमलव ९० प्रतिशतले घटेको छ । 

रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर मूल्य नौ दशमलव ४७ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

uae

सम्बन्धित खबर