२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

आमाको मुख हेर्ने दिन आजः मातातीर्थमा भीड

Nada
२०८३ वैशाख ४ गते ११:०८
Shares
आमाको मुख हेर्ने दिन आजः मातातीर्थमा भीड

काठमाडौंः आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ । 

ncell

आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । देशभर आमालाई मीठा–मीठा परिकार खुवाइ आमाको मुख हेर्ने चलन छ । साथै आज काठमाडौं उपत्यकाको मातार्तीर्थमा ठुलो मेला लागेको छ । 

आमाको मुख हेर्ने र आमाबाट आशिर्वाद लिने परम्पराअनुसार मातातीर्थ औंशी मनाउने गरिन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमालाइ स्मरण गर्दछन् । 

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिन्छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभ आशिर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

uae

सम्बन्धित खबर