२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

कर्णाली नदीमा डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता

Nada
२०८३ वैशाख ४ गते १२:१७
Shares
कर्णाली नदीमा डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम : अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । 

ncell

बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेको छ । वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा एक्कासि डुंगा पल्टिँदा डुंगा चालक बुबा र सवार छोरा बेपत्ता भएका हुन् ।

बेपत्ताको खोजी कार्यको लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरी चौकी भैरवस्थान, ढुंगाचाल्ना, ढकारीबाट टोली खटिएको र सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले जानकारी दिए । 

uae

सम्बन्धित खबर