
काठमाडौं : सरकारले सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्वर्धनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले दिगो र जिम्मेवार पर्यटन प्रवद्र्धनका लागि पनि त्यस्ता खालको सम्पदाहरुको उचित संरक्षण र सम्वर्धनका लागि आवश्यक नीति, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
सचिव निरौलाले सांस्कृतिक सम्पदाहरुले नेपालको विशिष्ट पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराउँदै विश्व पर्यटन बजारमा नेपाललाई पृथक र आकर्षक गन्तव्यको रुपमा स्थापित गराउन पनि ठुलो योगदान पुर्याएको स्पष्ट पारे ।
सचिव निरौलाले सांस्कृतिक सम्पदाहरुको उचित संरक्षणका लागि समुदायको अग्रसरता अनिवार्य रहेको तथ्य पनि उल्लेख गरे ।