२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

६०० विद्यार्थीको निःशुल्क स्वास्थ्य बीमा

Nada
२०८३ वैशाख ४ गते १२:४७
Shares
६०० विद्यार्थीको निःशुल्क स्वास्थ्य बीमा

स्याङ्जाः भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको  स्वास्थ्य बीमा गर्न थालेको छ । 

ncell

यही वैशाख १ गतेदेखि वडाले बालमैत्री शीर्षकअन्तर्गत बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको हो ।

वडाध्यक्ष नन्दलाल खनालका अनुसार वडाका सामुदायिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई वडाले जन्मदर्ताका आधारमा हरेक विद्यार्थीको रु एक लाख बराबरको स्वास्थ्य बीमा गर्न प्रारम्भ गरेको हो । उनले भने, ‘८ नम्बर वडा भएको भिरकोट नगरपालिकाभित्रका जुनसुकै सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययन गरे तापनि वडाले निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।’ 

स्वास्थ्य बीमा लागू भएका अस्पतालबाट बीमाअनुसार नै उपचार हुने र अन्य अस्पतालहरुमा उपचारको रसिदका आधारमा भुक्तानी हुने उनले जानकारी दिए । यो वडाले जन्मदर्ता प्रोत्साहन गर्न बच्चा जन्मेपछि खाता खोलेर रु पाँच हजार जम्मा गरिदिँदै आएको छ ।  

uae

सम्बन्धित खबर