२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

संसदीय समितिका सभापतिहरुद्वारा शपथ ग्रहण

Nada
२०८३ वैशाख ४ गते १७:०९
Shares
संसदीय समितिका सभापतिहरुद्वारा शपथ ग्रहण

संसदीय समितिका सभापतिहरुले सपथ ग्रहण गरेका छन् । शुक्रवार अपरान्ह सभामुख डोलप्रसाद अर्यालले उनीहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । यसअघि सम्पन्न निर्वाचनमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सर्वसम्मत निर्वाचित भएका थिए । 

ncell

त्यसैगरी कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा रास्वपाका आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा रास्वपाकी आकृति अवस्थी सर्वसम्मत निर्वाचित भएका छन् । 

संसदीय सुनुवाई समिति सभापतिमा रास्वपाका वोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाकै रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा रास्वपाका सुम्निमा उदास र अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत निर्वाचित भएका हुन् । सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरत खड्का पनि सर्वसम्मत निर्वाचित भए । रास्वपाको समर्थन पाएका खड्काले पाएपछि यो समिति सभापतिमा एकल उम्मेदवारी परेको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा रास्वपाका सांसद गणेश कार्की, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा रास्वपाकी ओजस्वी शेरचन निर्वाचित भएका थिए।
 

uae

सम्बन्धित खबर