२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

कांग्रेस संसदीय दलमा नेता चयन गर्न बसेको बैठक निष्कर्षविहीन, भोलि पुनः छलफल हुने

Nada
२०८३ वैशाख ४ गते १८:२५
Shares
कांग्रेस संसदीय दलमा नेता चयन गर्न बसेको बैठक निष्कर्षविहीन, भोलि पुनः छलफल हुने

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व चयन प्रक्रिया सुरु भए पनि आजको बैठकबाट निष्कर्षमा पुग्न सकिएको छैन । दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा नेताको चयनबारे प्रारम्भिक छलफल गरिएको हो ।

ncell

निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठकमा दलको नेताबारे विभिन्न धारणा प्रस्तुत भए पनि सहमति जुट्न सकेन । अब सहमति कायम गर्ने प्रयास स्वरूप भोलि पार्टी नेतृत्वसहित पुनः छलफल गरिने तयारी गरिएको छ ।

दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा देखिएका छन् । साथै अन्य केही नेताहरूको नाम पनि चर्चामा रहेको छ । प्रतिनिधि सभामा कांग्रेसका कुल ३८ सांसद रहेका छन् ।

बैठकका क्रममा अधिकांश सांसदहरूले आफ्नो धारणा राखेका थिए । प्राप्त जानकारीअनुसार ३८ मध्ये २६ जना सांसदले विचार व्यक्त गरेका थिए ।

पार्टीभित्र सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास जारी रहेको र सहमति नजुटे निर्वाचन प्रक्रियाबाटै निर्णयमा पुग्ने विकल्प खुला राखिएको कांग्रेसले जनाएको छ ।

uae

सम्बन्धित खबर