२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

'बिर्सु कसरी' सार्वजनिक

Nada
२०८३ वैशाख ५ गते १०:३०
Shares
'बिर्सु कसरी' सार्वजनिक

काठमाडौं : लोकप्रिय कलाकार नवराज गौतमको वास्तविक जीवन घटनामा आधारित लोक गीत “बिर्सु कसरी” सार्वजनिक भएको छ ।

ncell

सानुको सम्झनामा तयार गरिएको यस गीतमा चर्चित गायक मोतिराज खनाल र लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ ।

गीतको शब्द रचना स्वयं नवराज गौतमकै रहेको छ भने संगीत गायक मोतिराज खनालले तयार गरेका हुन् । गीतको संगीत संयोजन (एरेन्ज) महेन्द्र भण्डारीले गरेका छन्, जसले गीतलाई अझ कर्णप्रिय बनाएको छ ।

यस गीतको म्युजिक भिडियोमा नवराज गौतम, सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी, कमला भुजेल, सागर गिरी, गीता खनाल, कृष्टीना शाह, सरिता कुवर, सिद्धार्थ कंडेल, साइब्रीना थिङ, बिक्रम थापा, लक्ष्मण खड्का लगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् ।

गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो, जहाँ सुमन रानाले रेकर्डिङ र कुमार रानाले मिक्सिङ गरेका छन् ।

त्यस्तै, भिडियोको छायांकन दीपक गिरीले र सम्पादन राजेश कुमारले गरेका हुन् । 

आफ्नी प्रेमिकाको असामयिक निधनपछि उत्पन्न पीडा र सम्झनालाई गीतमार्फत मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

गायक मोतिराज खनालले यसअघि पनि दर्जनौं गीतमार्फत श्रोताको मन जितिसकेका छन् भने गायिका शान्तिश्री परियारका पनि थुप्रै हिट गीतहरू बजारमा आइसकेका छन्।

अनुभवी कलाकारहरूको संयुक्त प्रयासमा तयार भएको यो गीतले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको छ ।

uae

सम्बन्धित खबर