२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

संघीय सरकारको शैक्षिक सत्र र आइतबार विदासम्बन्धी निर्णय स्थानीय तहले नमान्ने

Nada
२०८३ वैशाख ५ गते १३:१४
Shares
संघीय सरकारको शैक्षिक सत्र र आइतबार विदासम्बन्धी निर्णय स्थानीय तहले नमान्ने

काठमाडौं :पालिकाहरुले विद्यालय भर्ना वैशाख १५ गतेदेखि र शैक्षिक सत्र २१ गतेदेखि सुरु गर्ने संघिय सरकारको निर्णयको अवज्ञा गर्न थालेका छन् । त्यस्तै, शनिबार र आइतबार विद्यालय विदा गर्ने शिक्षा मन्त्रालयको निर्देशन पनि अस्वीकार गरिरहेका छन् ।  

ncell

उपत्यकाको भक्तपुर र चाँगुनारायण नगरपालिकाले शैक्षिक सत्र वैशाख ६ गते बाटै सुरु गर्ने भएका छन् । दुबै नगरपालिकाको कार्यपालिका बैठकले सबैखाले विद्यालयलाई शैक्षिक सत्र ६ गतेबाटै गर्न भनेका छन् । 

नेपालगन्ज उपमहानगरपालिकाले वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ । यसैगरी तनहुँको आँबुखैरैनी गाउँपालिकाले वैशाख २ गतेबाट नै विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन गर्न थालेको छ । यसैगरी धनगढी उपमहानगरपालिका, तनहुँको देवघाट गाउँपालिका, प्यूठानको झिमरुक गाउँपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक सत्र वैशाखको पहिलो साताबाटै सुरु गर्ने भएका छन् ।

सरकारले केही दिनअघि इन्धन समस्यालगायत समस्या देखाउँदै वैशाख २१ देखि शैक्षिक सत्र गर्न निर्देशन गरेको थियो । यसबाट विद्यार्थीको भर्ना, पुस्तक र पोशाक आदिको व्यवस्था गर्न अप्ठ्यारो हुुनेभन्दै शैक्षिक सत्र ढिलो नगर्ने निर्णयमा स्थानीय तह पुगेका हुन् । निजी विद्यालयको संगठन एन प्याब्सनले शैक्षिक सत्र र आइतबारे विदाको निर्देशन लागू गर्दा शिक्षा ऐनमा रहेको २ सय २० दिन विद्यालय सञ्चालन हुनुपर्ने प्रावधानकै उलंघन हुने बताएको छ । 

संविधानको अनुुसुूचि ८ मा स्थानीय सरकार मातहत रहेको विद्यालय शिक्षा व्यवस्थापनको अधिकार प्रयोग गर्दै देशका विभिन्न पालिकाहरुले वैशाखको पहिलो सातामै शैक्षिक सत्र सुरु गर्ने भएका छन् । 

‘सरकारको निर्णयमा अपरिपक्वता देखियो’, शिक्षाविद् डा विद्यानाथ कोइरालाले भने, ‘सरकारले भनेजस्तो शैक्षिक सत्र ढिलो सुरु गर्दा र आइतबार विदा दिँदा कति दिन पढ्ने समय बाँकी रहन्छ भन्ने हेक्का राख्नुपर्थ्यो ।’ पर्व विदा नै अधिक भएको अवस्थामा वर्षभरिका आइतबार विदा गरिदिँदा ५८ दिन नष्ट हुने पनि उनी बताउँछन् । 

uae

सम्बन्धित खबर