२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

निजी सञ्चारमाध्यमलाई विज्ञापन रोक्ने संघको निर्णय कर्णालीले कार्यान्वयन नगर्ने

Nada
२०८३ वैशाख ५ गते १३:२७
Shares
निजी सञ्चारमाध्यमलाई विज्ञापन रोक्ने संघको निर्णय कर्णालीले कार्यान्वयन नगर्ने

काठमाडौँ : निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने केन्द्र सरकारको निर्णय कर्णाली प्रदेश सरकारले नमान्ने भएको छ । प्रदेश सरकारले विगतझैं सबै सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने निर्णय गरेको हो ।

ncell

यसअघि केन्द्रको परिपत्रअनुसार प्रदेशका कर्मचारीतन्त्रले मुख्यमन्त्री यामलाल कँडेललाई जानकारी नदिई कार्यान्वयनतर्फ कदम चालेको थियो । तर शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सञ्चारमाध्यमलाई पुनः विज्ञापन दिइने स्पष्ट पारेको छ ।

कार्यालयले ‘कर्णाली प्रदेश विज्ञापन वितरण सम्बन्धी कार्यविधि, ०८१’ अनुसार अनलाइनमार्फत आवेदन दिन आह्वान गरेको छ । कम्प्युटर अधिकृत ज्योति शाहीका अनुसार सोही कार्यविधिअनुसार विज्ञापन वितरण प्रक्रिया अगाडि बढाइनेछ।

बिहीबार सचिवस्तरको निर्णयमार्फत यो व्यवस्था अघि सारिएको हो । कर्णालीमा हाल ११३ वटा सञ्चारमाध्यम सञ्चालनमा रहेका छन्, जसमा अनलाइन, पत्रपत्रिका, रेडियो र टेलिभिजन समावेश छन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत्र १८ गते प्रदेश र स्थानीय तहलाई सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन गर्न निर्देशन दिएको थियो । तर कर्णाली सरकारले उक्त परिपत्र कार्यान्वयन नगर्ने स्पष्ट संकेत दिएको छ ।

uae

सम्बन्धित खबर