२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

आइतबार बिदाको दिन पनि घटेन काठमाडौंका मुख्य चोकमा सवारीको चाप (तस्बिरहरू)

Nada
२०८३ वैशाख ६ गते १२:५०
Shares
आइतबार बिदाको दिन पनि घटेन काठमाडौंका मुख्य चोकमा सवारीको चाप (तस्बिरहरू)
तस्बिर : फोटो लाइब्रेरी

काठमाडौं : इन्धन खपत कम गराउने उद्देश्यले सरकारले गत सातादेखि शनिबारसँगै आइतबार पनि सरकारी कार्यालय र विद्यालयमा बिदा दिएको छ । तर बिदाको दिनमा समेत काठमाडौंका मुख्य चोकहरूमा सवारीसाधनको चाप पूर्ण रूपमा घटेको देखिँदैन ।

ncell

कनंकी, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडिबुटी जस्ता प्रमुख चोकहरूमा बिहानको ९ बजे देखि ११ बजेसम्म आइतबार पनि उल्लेख्य सवारी चाप देखिएको छ । केही स्थानमा त शनिबारभन्दा आइतबार अलि बढी नै भिडभाड देखिएको छ । सरकारी बिदा भए पनि धेरैजसो निजी कम्पनीहरूले भने सधैंको नियमित समयमै कार्यालय सञ्चालन गरिरहेका छन् ।

समग्र रूपमा हेर्दा सवारीसाधनको संख्या पहिलेको तुलनामा घट्दो क्रममा रहेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार हाल सडकमा करिब ५० प्रतिशतसम्म सवारीसाधन घटेका छन् । “शनिबारभन्दा आइतबार अलि बढी चाप देखिन्छ, तर पहिलेको जस्तो अवस्था छैन,” उनले बताए ।

मुख्य चोकहरूमा देखिएको जाम भने सवारी व्यवस्थापन तथा आवतजावत मिलाउने क्रममा भएको ट्राफिक व्यवस्थापनका कारण भएको जनाइएको छ। (तस्बिरहरू बिहान ९–११ बजेको समयमा खिचिएका हुन्)

uae

सम्बन्धित खबर