२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

ठमेलबाट पक्राउ परेका युगान्डाका २० महिलालाई गरियो देश निकाला

Nada
२०८३ वैशाख ६ गते १३:४८
Shares
ठमेलबाट पक्राउ परेका युगान्डाका २० महिलालाई गरियो देश निकाला

काठमाडौं : अध्यागमन विभागले काठमाडौं महानगरपालिका–२६ स्थित फायरचोक क्षेत्रबाट नियन्त्रणमा लिइएका युगान्डाका महिलाहरूलाई नेपालबाट निष्कासन (डिपोर्ट) गरेको छ ।

ncell

प्रहरीले चैत ११ गते ठमेल क्षेत्रबाट २० जना युगान्डेली महिलालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा उनीहरूले ठमेलका विभिन्न स्थानमा पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील प्रस्ताव राख्दै मोलमोलाइ गर्ने गरेको खुलेको थियो ।

उक्त गतिविधिमा संलग्न देखिएका महिलामाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाएको थियो । सोही मुद्दामा जिल्ला प्रशासन कार्यालयले प्रति व्यक्ति ५ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अभद्र व्यवहारसम्बन्धी कारबाही पूरा भएपछि उनीहरूलाई थप प्रक्रिया अघि बढाउन अध्यागमन विभागमा पठाइएको थियो । विभागले अध्यागमन ऐनअन्तर्गत सबैलाई देश निकाला गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार पक्राउ परेका सबै महिलालाई स्वदेश फर्काइसकिएको प्रहरीले जनाएको छ । साथै, उनीहरूलाई पुनः नेपाल प्रवेश गर्न नपाउने गरी प्रतिबन्धसमेत लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

प्रहरी अनुसन्धानका अनुसार संगठित गिरोहमार्फत नेपाल ल्याइएका उनीहरूलाई ठमेल क्षेत्रमा राखी यौन धन्दामा संलग्न गराइएको प्रारम्भिक निष्कर्ष रहेको छ।

uae

सम्बन्धित खबर