
काठमाडौंं : माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले नयाँ वर्ष २०८३को अवसर पारेर प्रिमियम स्पिरिट सेग्मेन्टमा नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले ‘रेड नेचर’ र ‘ब्लु नेचर’ नामका ४० युपीका प्रिमियम स्पिरिटहरू बजारमा ल्याएको हो । कम्पनीका अनुसार यी उत्पादनहरू शनिबारदेखि नै देशभरका बजारमा उपलब्ध हुनेछन् ।
उच्च गुणस्तरलाई प्राथमिकता दिँदै तयार गरिएको यी प्रिमियम स्पिरिटहरू आधुनिक उपभोक्ताको स्वाद र रोजाइलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ । आकर्षक प्याकेजिङ र सन्तुलित फ्लेभरका कारण यी उत्पादनले प्रिमियम सेग्मेन्टमा नयाँ पहिचान स्थापित गर्ने विश्वास लिइएको छ ।
७५० एमएल क्षमताको बोतलको एमआरपी रु. १२४० तोकिएको छ । कम्पनीका अनुसार उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको छ र उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।
नयाँ वर्षको सन्देशसँगै ‘न्यु इयर, सेम सर्कल’ भन्ने अवधारणालाई अघि सार्दै कम्पनीले जिम्मेवार उपभोगको सन्देश पनि प्रवाह गरेको छ ।
‘हामीले उपभोक्तालाई गुणस्तरीय विकल्प दिनुका साथै जिम्मेवार पिउने संस्कृतिलाई पनि प्रवद्र्धन गर्न चाहेका छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आगामी दिनहरूमा पनि यस्तै, नवीन र प्रिमियम उत्पादनहरू बजारमा ल्याउने योजना बनाएको समेत जनाएको छ ।