२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

ललितपुरमा कजारियाको नयाँ सोरुम उद्घाटन, टायल बजारमा विस्तार

Nada
२०८३ वैशाख ६ गते १९:३१
Shares
ललितपुरमा कजारियाको नयाँ सोरुम उद्घाटन, टायल बजारमा विस्तार

काठमाडौं : सिरेमिक तथा भिट्रिफाइड टायल्स उत्पादनमा विश्वव्यापी पहिचान बनाएको कजारिया रमेश टायल्स लिमिटेडले ललितपुरको इमाडोलस्थित रातामकै चोकमा नयाँ सोरुम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ ।

ncell

छाया हार्डवेयर एन्ड कन्स्ट्रक्सन प्रालिद्वारा सञ्चालन हुनेछ । मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कम्पनीका कन्ट्री म्यानेजर अभ्यास तिवारीले रिबन काट्दै सोरुमको उद्घाटन गरेका थिए । उनले ललितपुरमा नयाँ सोरुम स्थापना हुनु केवल व्यापार विस्तार मात्र नभई ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरका टायल उपलब्ध गराउने बताए । ‘उच्च गुणस्तर र डिजाइनकेन्द्रित उत्पादनहरूको माग बढिरहेको अवस्थामा यो सोरुम प्रेरणा, नवप्रवर्तन र उत्कृष्ट अनुभवको केन्द्र बन्ने विश्वास लिएका छौं,’ उनले भने ।

नयाँ सोरुममा सिरेमिक तथा भिट्रिफाइड टायल्सका विभिन्न आधुनिक डिजाइन, आकर्षक फिनिस तथा उच्च प्रदर्शनयुक्त उत्पादन राखिएका छन् । यी उत्पादन आधुनिक वास्तुकला र आन्तरिक सजावटका आवश्यकतालाई लक्षित गर्दै तयार गरिएको कम्पनीले जनाएको छ । कम्पनीले नेपालमै स्थापना गरेको अत्याधुनिक टायल उत्पादन उद्योगमार्फत अन्तर्राष्ट्रिय स्तरका उत्पादन उपलब्ध गराउँदै आएको छ । ३ हजारभन्दा बढी डिजाइन विकल्पसहितका टायलहरूले बजारमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ ।

हाल कम्पनीले देशभर १०० भन्दा बढी सोरुम विस्तार गरिसकेको छ । यसका उत्पादनमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी टायल तथा सेरामिक वाल टायलहरू समावेश छन्, जुन पानी तथा दागप्रतिरोधी, बलियो र दिगो विशेषताका साथ उपलब्ध छन् । नयाँ सोरुम सञ्चालनमा आएसँगै ललितपुर तथा आसपासका उपभोक्ताले गुणस्तरीय टायल सजिलै उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

uae

सम्बन्धित खबर