२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

सामसङ नेपालको ‘सपनादेखि सम्भावनासम्म’ अभियान

Nada
२०८३ वैशाख ६ गते १९:३४
Shares
सामसङ नेपालको ‘सपनादेखि सम्भावनासम्म’ अभियान

काठमाडौंं : सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित  ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ ।

ncell

कम्पनीले सार्वजनिक गरेको यस अभियानले विदेशमा रहेर परिवार र देशका लागि आर्थिक तथा सामाजिक योगदान पुर्‍याइरहेका नेपालीको भूमिकालाई उजागर गर्ने लक्ष्य लिएको जनाएको छ । साथै, प्रविधिमार्फत मानिसहरूको जीवनलाई जोड्ने सामसङको दीर्घकालीन दृष्टिकोणलाई पनि अभियानले थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

अभियानअन्तर्गत ‘सामसङ रेमिटमा बेनिफिट’ विशेष पहल घोषणा गरिएको छ, जुन आगामी अप्रिल २४ देखि लागू हुनेछ । यो योजनामार्फत रेमिट्यान्समा निर्भर परिवारलाई थप सुविधा र लाभ प्रदान गरिने कम्पनीले जनाएको छ । 

नेपालको अर्थतन्त्रमा रेमिट्यान्स्लाई प्रमुख आधारका रूपमा स्वीकार गर्दै अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका महत्वपूर्ण आधारका रूपमा सम्मान गरेको हो । सामसङका एआई–सक्षम डिभाइसहरूले परिवारबीचको दूरी घटाउँदै दैनिक जीवनलाई थप स्मार्ट, कनेक्टेड र सहज बनाउने कम्पनीको दाबी छ ।

यस पहलअन्तर्गत सामसङ आइएमई रेमिट, एनसेल, खल्ती, हुलास फिन सर्भसँग सहकार्य गरेको छ । सहकार्यअन्तर्गत सामसङका उत्पादन खरिदमा विभिन्न आकर्षक सुविधा उपलब्ध हुनेछन् । ग्राहकहरूले एनसेल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सजिलो इएमआई सुविधा तथा खल्तीमार्फत क्यासब्याकजस्ता लाभ प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो अफर विदेशबाट नेपालमा रकम पठाउने सेवाग्राहीका लागि लक्षित गरिएको हो । सामसङले आधिकारिक उत्पादनको प्रयोगमार्फत दीर्घकालीन विश्वसनीयता, वारेन्टी र सहज इकोसिस्टम अनुभव सुनिश्चित हुने भन्दै उपभोक्तालाई आधिकारिक च्यानलबाट खरिद गर्न आग्रहसमेत गरेको छ । यस अभियानमार्फत प्रविधि र मानवीय सम्बन्धबीचको सेतु अझ मजबुत बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

uae

सम्बन्धित खबर