२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

याडियाका स्कुटर किन्दा इएमआई सुविधाका साथमा आकर्षक उपहार पाइने

Nada
२०८३ वैशाख ६ गते १९:३८
Shares
याडियाका स्कुटर किन्दा इएमआई सुविधाका साथमा आकर्षक उपहार पाइने

काठमाडौं : याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि.ले नयाँ वर्षको अवसरमा आकर्षक अफर घोषणा गरेको छ । अफरअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत इएमआई सुविधासँगै विशेष उपहार ह्याम्पर पाउनेछन्, जसले स्मार्ट र किफायती यातायाततर्फ सर्ने प्रक्रिया अझ सजिलो बनाउने कम्पनीको भनाइ छ ।

ncell

यस नयाँ वर्ष योजनाअन्तर्गत, कुनै पनि याडिया स्कुटर खरिद गर्दा ग्राहकहरूले शून्य प्रतिशत इएमआई सुविधा प्राप्त गर्न सक्नेछन् । जसले एकमुष्ट भुक्तानीको भार कम गर्दै स्वामित्वलाई अझ सहज बनाउनेछ ।

साथै, प्रत्येक खरिदमा आकर्षक उपहार ह्याम्पर पनि प्रदान गरिनेछ, जसले किनमेल अनुभवलाई अझ उत्सवमय बनाउनेछ । यो अफर वैशाख महिनाभरि लागु हुनेछ, जसले ग्राहकहरूलाई सीमित समयका लागि सहज किस्ता सुविधा र थप लाभ लिन अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

नेपालभर विद्युतीय सवारी साधनप्रति बढ्दो चासोकोबीच यस योजनाले सुरुवाती लागत जस्ता मुख्य अवरोधलाई सम्बोधन गर्दै बढीभन्दा बढी ग्राहकलाई विद्युतीय मोबिलिटीतर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ ।

विश्वमै लगातार नौ वर्षदेखि नम्बर १ विद्युतीय दुईपांग्रे ब्रान्डको रूपमा स्थापित याडियाले नेपालमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै आएको छ ।

भरपर्दोपन, उन्नत ब्याट्री प्रविधि र दैनिक प्रयोगमा सहजतामा केन्द्रित यस ब्रान्डले देशभर सकारात्मक गति हासिल गरिरहेको छ । कुजु नेपालका अनुसार यो नयाँ वर्ष अभियानले ग्राहकहरूको सोचमा आएको परिवर्तनलाई झल्काउँछ, जहाँ सुविधा, बचत र भरपर्दो प्रदर्शन प्रमुख प्राथमिकता बन्दै गइरहेका छन् ।

uae

सम्बन्धित खबर