२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

डडेल्धुरामा सातदिने बेमौसमी तरकारी उत्पादन तालिम सुरु

Nada
राम धामी
२०८३ वैशाख ६ गते २१:५४
Shares
डडेल्धुरामा सातदिने बेमौसमी तरकारी उत्पादन तालिम सुरु

डडेल्धुरा : भूतपूर्व सैनिक तथा वहालवाला सैनिकका परिवारजनलाई लक्षित गर्दै डडेल्धुरामा सातदिने प्रारम्भिक बेमौसमी तरकारी उत्पादन तालिम सुरु भएको छ । नेपाली सेनाको कल्याणकारी बोर्ड हिताधिकारी कल्याण केन्द्र, सुदूरपश्चिम प्रदेश कार्यालय बोराडाँडी कैलालीद्वारा सञ्चालन गरिएको तालिम आइतबारदेखि अमरगढी नगरपालिकाको सभाकक्षमा सुरु भएको हो ।

ncell

तालिमको उद्घाटन गर्दै अर्जुन वाण गण दह ब्यारेक डडेल्धुराका सेनानी सवन स्यान्ताङले स्वरोजगार प्रवद्र्धनका लागि यस्तो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले नेपाली सेनाले कल्याणकारी कार्यक्रमअन्तर्गत यस्ता सीपमूलक तालिम नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा भूतपूर्व सैनिक संघ डडेल्धुराका अध्यक्ष तथा कार्यक्रमका फोकल पर्सन नरेन्द्रसिंह बोहराले तालिमले सहभागीलाई आयमूलक कार्यतर्फ प्रेरित गर्ने र आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए ।

प्रमुख प्रशिक्षक मिना जोशीले सात दिनसम्म सिकेका सीप व्यवहारमा लागू गर्न सके कृषिजन्य उत्पादन बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

वैशाख १२ गतेसम्म सञ्चालन हुने तालिममा २५ जना सहभागी रहेका छन् । कल्याणकारी बोर्ड हिताधिकारी कल्याण केन्द्रका एमपी भट्ट समेत प्रशिक्षकका रूपमा सहभागी छन् । 

uae

सम्बन्धित खबर