२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

दलको आस्था नदेखाइ काम गर्न संसदीय समितिका सभापतिलाई सभामुखको निर्देशन

Nada
२०८३ वैशाख ७ गते १६:५४
Shares
दलको आस्था नदेखाइ काम गर्न संसदीय समितिका सभापतिलाई सभामुखको निर्देशन

काठमाडौं : संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज  सभामुख डोलप्रसाद अर्याललाई भेट गरेका छन् । सो अवसरमा सभामुख अर्यालले ‘मिनी संसद्’का रूपमा रहने संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिए । 

ncell

दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएता पनि समितिका काम कारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उनले संघीय संसद् सचिवालय र आफू सधैं सहयोगका लागि तत्पर रहेको बताए । समिति सभापतिहरुले आफूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

पुराना असल अभ्यासलाई निरन्तरता दिँदै नवीन ढंगबाट संसदीय मूल्य र मान्यतालाई आत्मसात गर्दै समितिका गतिविधि अघि बढाउने बताए । यस अवसरमा प्रतिनिधिसभाका १० र संयुक्त दुई गरी १२ वटा समितिका सभापतिको उपस्थिति रहेको थियो ।

uae

सम्बन्धित खबर