२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

श्री एयरलाइन्सले बंगलादेश र भारतमा उडान भर्ने

Nada
२०८३ वैशाख ८ गते २०:३८
Shares
श्री एयरलाइन्सले बंगलादेश र भारतमा उडान भर्ने

काठमाडौं : श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले  उक्त विमानलाई अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएको हो ।

ncell

श्री एयरलाइन्सले भारत र बंगलादेशमा उडान गर्न अनुमति पाएको हो । भारतको नयाँ दिल्ली र कोलकाताका लागि उडान अनुमति पाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । क्यानका अनुसार एयलाइन्सले गत शुक्रबार अन्तर्राष्ट्रिय उडान भर्ने अनुमति पाएको हो ।

त्यसैगरी बंगलादेशको ढाकामा उडान अनुमति पाएको हो । भारत सरकार र बंगलादेशले उडान अनुमति दिएपछि विमानले आफ्नो उडान तालिका सार्वजनिक गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । नेपालमा रहेका ४ एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका छन् ।

नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स, बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले उडान भर्नेछन् । आन्तरिक उडान भर्ने एयरलाइन्समा बुद्ध एयरले यसअघि अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ । बुद्ध एयरलाइन्सले भारतको वनारस र पटनामा उडान भर्न अनुमति पाइसकेको छ । 

uae

सम्बन्धित खबर