२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

चन्दा उठाएर गर्न लागिएको विवाह भाँडियो, अपांग बुबाद्वारा न्यायको माग

Nada
कृष्ण तिवारी
२०८३ वैशाख ८ गते २१:१६
Shares
चन्दा उठाएर गर्न लागिएको विवाह भाँडियो, अपांग बुबाद्वारा न्यायको माग

रौतहट : रौतहट गुजरा नगरपालिका–४ कनकपुरमा विवाह अन्तिम तयारीमा पुगेको अवस्थामा रोकिएको भन्दै एक अपांग बुबाले न्यायको माग गरेका छन् । 

ncell

अपांग तथा आर्थिक रूपमा विपन्न खुर्सेद देवानले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नी छोरीको विवाह अन्तिम चरणमा पुगेको बेला स्थानीय स्वास्थ्यकर्मीले विभिन्न आरोप लगाउँदै विवाह रोक्न भूमिका खेलेको आरोप लगाए । 

देवानका अनुसार स्थानीय जोगौलिया स्वास्थ्य चौकी मा कार्यरत स्वास्थ्यकर्मी सैफुल्लाह देवानले विवाह रोक्न प्रभाव पारेको उनको दाबी छ । उनले गाउँमै चन्दा संकलन गरी विवाहको तयारी गरिएको भए पनि अन्ततः विवाह रद्द भएको बताए । 

घटनापछि विवाद चुलिँदै जाँदा आफ्नो परिवारमाथि कुटपिटसमेत भएको उनको आरोप छ । उनले स्थानीय राजनीतिक व्यक्ति तथा जनप्रतिनिधिहरूलाई समस्या राख्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । 

देवानले आफू अपांग र आर्थिक रूपमा कमजोर भएकाले सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी न्याय दिलाउन माग गरेका छन् । 

यस घटनाले ग्रामीण क्षेत्रमा कमजोर वर्गका नागरिकले न्याय पाउने पहुँच अझै चुनौतीपूर्ण रहेको विषय उठाएको छ ।

uae

सम्बन्धित खबर