२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

सभामुखद्वारा कूटनीतिक राहदानी वितरणबारे दलहरूसँग परामर्श

Nada
२०८३ वैशाख ९ गते १२:४६
Shares
सभामुखद्वारा कूटनीतिक राहदानी वितरणबारे दलहरूसँग परामर्श

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कूटनीतिक राहदानीबारे छलफल सुरु गरेका छन् ।

ncell

बुधबार सिंहदरबारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएर उनले कूटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरेका हुन् ।

कूटनीतिक राहदानीको माग सांसदहरूले गरिरहेका बेला त्यसको दुरुपयोग हुने नदिने विषयमा केन्द्रित भएर छलफल गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले बताइन् ।

विगतमा सांसदहरूले नै कूटनीतिक राहदानी दुरुपयोग गरेको हुनाले त्यसो हुन नदिने विषयमा विमर्श सुरु गरिएको र अर्को बैठकमा त्यसबारे आवश्यक निर्णय लिने सहमति गरिएको पनि उनले बताइन् ।

विशेष काममा मात्रै सो राहदानी उपलब्ध गराइने कानुनी व्यवस्था भएकाले सोही अनुसार यसको उपयोग गर्नुपर्नेमा पनि राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूले धारणा राखेका थिए । 

छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले कूटनीतिक राहदानीको प्रयोगसम्बन्धी विद्यमान कानुन व्यवस्थाबारे ब्रिफिङ गरेका थिए । 

uae

सम्बन्धित खबर