२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

पोखरामा फुटपाथमा राखिएका सामग्री हटाइयो

Nada
२०८३ वैशाख ९ गते १४:५४
Shares
पोखरामा फुटपाथमा राखिएका सामग्री हटाइयो

काठमाडौं : पर्यटकीय राजधानी पोखरामा फुटपाथ व्यापारलाई निषेध गरिएको छ । पैदलयात्री तथा पर्यटकहरुलाई सास्ती भएको गुनासोपछि फुटपाथमा राखिएका व्यापार तथा व्यवसायलाई हटाइएको हो ।

ncell

जिल्ला प्रहरी कार्यलय कास्की, वडा प्रहरी कार्यलय बैदाम, नगरप्रहरी, पर्यटन व्यवसायी तथा नागरिक समाजको संयुक्त प्रतिनिधिमण्डलले बजार अनुगमन गरि फुटपाथमा व्यापार व्यवसाय नगर्न, फुटपाथ अतिक्रमण नगर्न, जथाभावी पार्किङ नगर्न नगराउन सचेत गराइएको सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिए ।

उनकाअनुसार पोखराको लेकसाईड क्षेत्रमा योनजन्य क्रियाकलाप तथा फुटपाथ व्यापार मुख्य समस्याको रुपमा देखिएकोले यसलाई अन्त्य गर्न सचेतना गरिएको हो । 

कानुनको पालना गर्न व्यवसायी तथा नागरिकहरूलाई सचेत गराइएको र अटेर गरे कारबाही गरिने जनाइएको छ । साथै सडकपेटी ढाक्नेगरि राखिएका ठेलागाडा, पसल अगाडिको सडकपेटीमा राखिएका साम्रगीहरुलाई हटाइएको छ ।

uae

सम्बन्धित खबर