
काठमाडौँ : जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी कार्यसम्पादनका आधारमा देशभरका प्रहरी अधिकृतमध्ये उत्कृष्ट ठहरिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले उनको कार्यकुशलताको मूल्यांकन गर्दै सम्मान प्रदान गरेको हो ।
अपराध नियन्त्रण, निर्वाचन सुरक्षा व्यवस्थापन तथा न्याय सम्पादनसँग सम्बन्धित कार्यमा उनले देखाएको प्रभावकारी नेतृत्व र परिणाममुखी कार्यशैलीका आधारमा उक्त मूल्यांकन गरिएको जनाइएको छ ।
काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी कार्यसम्पादनका आधारमा देशभरका प्रहरी अधिकृतमध्ये उत्कृष्ट ठहरिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले उनको कार्यकुशलताको मूल्यांकन गर्दै सम्मान प्रदान गरेको हो ।
अपराध नियन्त्रण, निर्वाचन सुरक्षा व्यवस्थापन तथा न्याय सम्पादनसँग सम्बन्धित कार्यमा उनले देखाएको प्रभावकारी नेतृत्व र परिणाममुखी कार्यशैलीका आधारमा उक्त मूल्यांकन गरिएको जनाइएको छ ।
प्रहरी सेवामा उनको प्रवेश २०५४ चैत १६ गते सहायक निरीक्षक (असई) पदबाट भएको थियो। त्यसपछि २०६१ जेठ १५ गते खुला प्रतिस्पर्धामार्फत निरीक्षक पदमा पदोन्नति भएका थिए ।