२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

गरिमा विकास बैंकलाई दुई अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र

Nada
२०८३ वैशाख ९ गते १७:३९
Shares
गरिमा विकास बैंकलाई दुई अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र

काठमाडौ : गरिमा विकास बैंकले गुणस्तरीय बैकिङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तर्राष्ट्रिय मान्यताप्राप्त आइएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आइएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ ।

ncell

यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरुको सूचीमा समावेश हुन सफल भएको छ । विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमका बीच विश्वव्यापी सर्टिफिकेसन संस्था ‘इन्टरसर्ट’ को तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरु हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले गरिमा विकास बैंक गुणस्तरीय बैकिङ सेवाप्रवाह र सूचना प्रविधिको सुरक्षाको सम्बन्धमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने बताए । गरिमा विकास बैंकले नेपालको बैकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै देशभर १२६ शाखा कार्यालयहरुबाट करिब ९ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

uae

सम्बन्धित खबर