२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

‘डिजिटल युगमा एआई र खोजमूलक पत्रकारिता अपरिहार्य’

Nada
रामहरि कार्की
२०८३ वैशाख १२ गते २१:५१
Shares
‘डिजिटल युगमा एआई र खोजमूलक पत्रकारिता अपरिहार्य’

काभ्रे : डिजिटल युगमा परम्परागत पत्रकारिताबाट मात्र अगाडि बढ्न सम्भव नभएको नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारू मगरले बताएका छन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहित आधुनिक प्रविधि अपनाउँदै खोजमूलक पत्रकारितामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए ।

ncell

काभ्रेको धुलिखेलमा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेश समितिको समन्वयमा आयोजित दुई दिने ‘खोजमूलक पत्रकारिता तथा एआई’ सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा उनले यस्तो बताएका हुन् । 

अध्यक्ष मगरले खोजमूलक पत्रकारितामार्फत एआईजस्ता प्रविधि प्रयोग गरी पत्रकारितालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । उनले विशेषगरी महिला पत्रकारलाई प्रविधिमैत्री बनाउन यस्ता तालिम उपयोगी हुने उल्लेख गरे । 

उनले निजी तथा सामुदायिक सञ्चारमाध्यमले आमसञ्चारको ठूलो हिस्सा ओगटेको भन्दै सरकारी विज्ञापन वितरणसम्बन्धी नीतिमा सुधार गरी सबै सञ्चारमाध्यमलाई समान अवसर दिनुपर्ने माग पनि गरे । साथै, विज्ञापन वितरणमा बिचौलिया हटाई निष्पक्ष प्रणाली लागू गर्नुपर्ने उनको भनाइ थियो । 

कार्यक्रमका सभाध्यक्ष एवं सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीले तालिममा सिकेका ज्ञान व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गरे। उनले आगामी दिनमा यस्ता कार्यक्रम अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले सामाजिक सञ्जालको बढ्दो प्रभाव र पत्रकार महिलाको पलायन रोक्न यस्ता तालिम महत्वपूर्ण हुने बताए ।

तालिममा पत्रकार आचारसंहिता, फेक न्युज नियन्त्रण, लैंगिक समानता तथा एआईको प्रयोगबाट समाचार सामग्री निर्माणसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका २१ जना महिला पत्रकारको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर