२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पेटभर्वा वडा कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

ADV
ओमप्रकाश यादव
२०८१ साउन २२ गते १३:१३
पेटभर्वा वडा कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाको तीन वटा वडा कार्यालय आफ्नो भवन नहुँदा भाडाको घरबाट सञ्चालन हुँदै आएका छन् । आफ्नो भवन नहुँदा वडा नं. ६ पेटभर्वाको वडा कार्यालय स्थानीय तह स्थापना भएदेखि नै भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

वडा नं. ६ पेटभर्वाको वडा कार्यालय टालीले छाएको दुई वटा साना कोठा भएको भाडाको घरमा सञ्चालित छ । वडा कार्यालयले भाडाबापत घरधनीलाई वार्षिक ७२ हजार रुपैयाँ तिर्दै आएको छ । वडा कार्यालय अगाडि कार्यालयको बोर्ड पनि छैन । 

कार्यालयको नाम लेखिएको बोर्ड नहुँदा बाहिरबाट काम विषेशले आउने कतिपय सेवाग्राहीलाई वडा कार्यालय कहाँ छ भन्ने कुरा नै थाहा नहुने गरेको गुनासो छ । भाडामा लिइएको भवनबाट दैनिक कार्य सञ्चालन गर्न असजिलो भए पनि जेनतेन काम चलाइरहेको पेटभर्वा वडा कार्यालयका कर्मचारीहरु बताउँछन् । वडाको आफ्नै भवन नहुँदा कार्य सम्पादनमा ठूलो समस्या हुने गरेको र आम नागरिकलाई प्रदान गरिने सेवासमेत प्रभावकारी नभएको कर्मचारीहरु बताउँछन् ।

यता वडा नं. ६ का वडाध्यक्ष रामएकवाल राय यादवले वडा कार्यालयको आफ्नै भवन निर्माण कार्य शुरु भएपनि सम्पन्न भइनसकेको जानकारी दिए । गत वर्ष भवनको बाँकी कामका लागि वडाबाट बजेट विनियोजन भएको, तर जनप्रतिनिधिबीचको विवादका कारण बजेट निकास नहुँदा भवनको काम अगाडि बढ्न नसकेको उनले बताए । अब यस चालु आर्थिक वर्षको बजेटबाट उक्त अधुरो भवनको काम सम्पन्न गरी आफ्नै भवनबाट वडा कार्यालय सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ ।

त्यस्तै फतुवा विजयपुर नगरपालिका कार्यालयको पनि आफ्नो भवन नहुँदा दैनिक सेवा प्रवाहमा समस्या हुँदै आएको छ । फतुवा विजयपुर नगरपालिका कार्यालय समेत अझै भाडाकै घरमा सञ्चालित छ ।

ADVADV

सम्बन्धित खबर

Advertise