
काठमाडौं : आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानले घरेलु टोली नेपाललाई ३०६ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०५ रन बनाएको हो ।
ओमानका ओपनर जतिन्दर सिंहले शतकीय इनिङ खेले । उनले ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रन बनाए ।
अशिष ओडेराले ४८ बलमा १ चौका र १ छक्का सहयोगमा ४८ रन बनाए । आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रन बनाए ।
नेपालका लागि सोमपाल कामीले चार विकेट लिए । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिए ।