काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित भएका छन् ।
राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।
यसअघि साउन १६ गते शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो ।
तर प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए ।